आमाले नांगो तस्विर खिचाउँदा छोरा खुसी
हामीलाई थाहा भएको कुरा हो , सेलिब्रेटीहरू फेमस हुन होस् वा पैसाको लोभमा आफूलाई नंग्याउनु कुनै नौलो कुरो होइन । तर, हामीले कुनै सामान्य व्यक्ति कुनै असल कामका लागि भनेर नांगिएको सायदै सुनेका हौला ।
इंगल्यान्डकी ७४ वर्षीय बारबरा स्टेविनले फेमस रेस्क्यु क्यालेण्डरका लागि आफनो नांगो फोटो खिचाएकी छन् । स्टेविन सामान्य महिला मात्र नभएर इंगल्यान्डका चर्चित राजनीतिज्ञ निगल फ्रेगरारकी आमा हुन । उनले अहिलेसम्म सो क्यालेण्डरका लागि पाँच पटक आफनो नांगो फोटो खिचाइसकेकी छन् ।
उनले सन २००५ मा पहिलो पटक सो क्यालेण्डरका लागि नांगो फोटो खिचाएकी थिइन् , त्यस फोटोमा उनी एक पहेंलो रङको मेसिनको पछाडि उभिएकी थिइन् , मेसिनले उनको स्तनसम्मको भाग ढाकेको छ र टाउकोमा उनले टोपी लगाएकी छन् ।
यसका साथै उनले गुलावको फूललगायत अन्य वस्तुहरूबाट आफूलाई ढाकेर सन २००७ र २००९ मा अरु तस्विरहरू खिचाएकी छन् । स्टेविनका अनुसार उनका यी नांगा तस्विरहरू सो क्यालेण्डरमा प्रकाशित भएपछि करिव ३३,६०,००० हजार रुपियाँ सो च्यारिटीका लागि संकलन भइसकेको छ , उनका नांगा तस्विरहरूका बारेमा छोरा निगल फ्रेगरारले कुनै पनि प्रकारको टिप्पणी गरेका छैनन् तर उनका प्रवक्ताका अनुसार आमाको यस प्रकारको कार्यमा छोरा निकै खुसी छन् ।
