के तपाईंलाई महिनबारी हुँदा पिडा हुन्छ .? महिनावारीको पिडा कम गर्ने तरिका:जानी राखौ



दियु पौडेल
दिव्यपुरी-८ नवलपरासी।
कतिपय महिलालाई

महिनावारी भएको समयमा निकै
पीडा हुने गर्दछ । बदलिएको जीवनशैली, प्रदुषण र
खानपानमा परिवर्तनका कारण
महिनावारी भएका बेला अत्यधिक
पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ ।
कहिले
महिनामा दुईपटक वा दुई महिनामा एकपटक मात्र
महिनावारी हुने गर्छ
। महिनावारी हुँदा हुने पीडाबाट राहत दिने
केही घरेलु उपचार
यस्ता छन् जसबाट तपाईंले पनि केही लाभ लिन
सक्नुहुन्छ ।
१. दूध :
दूध क्याल्सियमको निकै राम्रो स्रोत हो,
महिनावारीको पीडालाई कम
गर्न एक ग्लास दूध पिउने गर्नुहोस् यसले
तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र
पीडाबाट आराम
मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले
क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।
२. मेवा :
महिनावारी भएको बेला मेवा खानाले
फाइदा पुराउँछ । धेरैपटक
महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने
गर्दैन
जसका कारण अझ पिडा हुने गर्दछ ।
यस्तो अवस्थामा मेवाको सेवन
गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र
पीडा पनि कम हुने
गर्दछ ।
३. गाजर :
गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई
महिनावारीको पीडालाई
पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार,
एक ग्लास
गाजरको रस पिउनाले
माहिनावारी भएको बेला रक्त प्रवाह
राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत
मिल्ने गर्दछ ।
४. घिउकुमारी :
महिनावारीको दौरान एक चम्चा महमा यसलाई
मिसाएर खानाले
भइरहेको पीडालाई कम गर्ने गर्दछ ।
५. तुलसी :
पीडा भइरहेको बेलामा तुलसीको पातलाई
चियामा मिसाएर खानुहोस् ।
तुलसीमा भएको क्याफीड एसिडले
महिनावारीको पीडालाई कम गर्ने
गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–
८ .वटा तुलसीको पातलाई
आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई
छानेर
त्यसको पानी पिउनुहोस् ।
६. तातो पानीले नुहाउनुहोस् :
तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर
पीडा कम हुने गर्दछ

७. अदुवा :
एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् ।
यदि यसको स्वाद
मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र
खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने
गर्नुभयो भने
पीडाबाट मुक्ति पाइन्छ ।




प्रतिक्रिया दिनुहोस्...