रणबीर र क्याट्रिनाको रोमान्स सलमानले भाँडे
बलिउड सेलिब्रेटी रणबीर कपुर र क्याट्रिना कैफको सम्बन्ध कसैबाट लुकेको विषय होइन । उनीहरु विवाह गर्ने तयारीमा रहेका चर्चा समेत चल्ने गरेका छ्न् ।
तर यिनीहरुको प्रेम प्रसंगमा क्याट्रिनाका पुराना प्रेमी सलमान खान पनि जोडिने गरेका छन् ।
हालै पनि यस्तै भएको छ । रणबीरको फ्ल्याटमा क्रिशमसको उपलक्ष्यमा राखेको पार्टीमा रणबीर र क्याट्रिनाले सबैको साम्ने रोमान्स गर्न खोज्दा सलमानले मुड भंग गरिदिएका छन् ।
पार्टीमा रणबीर र क्याट्रिना मात्र नभएर, ऐश्वर्या-अभिषेक, आमिर-किरण, अनुष्का, सोनम समेत रहेका थिए । उनीहरु नृत्य गरिरहेको समयमा छिमेकी घरमा भने सलमानको चलचित्रको गीत बजेपछि त्यहाँको माहौल नै भाँडिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
source:nepaliheadline
