कस्ता युवतीहरुले असुरक्षित यौन सम्बन्ध कायम गर्छन् ?थाहा पाई राखौ
अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआइएच)ले मोटोपनग्रस्त युवतीको यौन व्यवहारका विषयमा गरेको अध्ययनमा बढी मोटी युवतीहरुले असुरक्षित यौन सम्बन्ध कायम गर्ने गरेको खुलासा गरेकोछ।
अध्ययनबाट मोटोपनग्रस्त युवतीहरु कतिपटक यौन क्रियामा भाग लिन्छन् र जहिलेपनि उनीहरु रति क्रियाका लागि सक्रिय हुन्छन् तब यौन रक्षाको उपाय जस्तोकि कन्डोम किन लगाउँदैनन् भन्ने विषयको टुंगो लगाइनेछ ।
अध्ययन टोलीका अनुसार ‘मोटोपनग्रस्तय युवतीहरु लगातार भन्ने गर्छन् कि उनीहरुसँग यौन क्रियाको अनुभव निकै कम छ । तर, जब उनीहरु रति क्रियाका लागि सक्रिय हुन्छन् तब उनीहरुको व्यवहार जोखिमपूर्ण (जस्तो कि गर्भ निरोधक कण्डोम प्रयोग नगर्नु) हुने गर्दछ ।
डेली कलरको रिपोर्टका अनुसार यो अध्ययनमा मोटोपनको शिकार बनेका युवती र स्वस्थ युवतीको यौन सम्बन्धको तुलना गरिनेछ । यसप्रकारको अध्ययन गत वर्ष पनि गरिएको थियो ।जसमा समलैंगिक सम्बन्धले कसरी कतिको तौल र स्वास्थ्य प्रभावित गर्दछ भन्ने बताइएको थियो।
