सेक्सका लागि महिलाले कस्तो इशारा गर्छन:जानी राखौ
यो कुरा विश्वव्यापीरुपमा स्वीकारिएको सत्य हो कि महिलालाई बुझ्न कठिन छ । भनिन्छ, महिला धेरै बोल्छन् तर मनको खास कुरा भन्ने बेलामा उनीहरु बोलेर भन्दा नबोलेर नै व्यक्त
हातको इशारा : यदि आफ्नो साथीलाई अंगाल्न खोज्नुको सट्टा महिलाले आफ्नो हातहरुलाई आफ्नै शरीरमै राख्छिन् भने त्यतिबेला पुरुषले सम्झनुपर्छ उनको मनमा केही चलिरहेको छ । यसको साथै यदि महिला आफ्नो हात साथीको टाउको वा छातीमा लग्छिन् भने उनी यतिबेला अगाडि बढ्न चाहिन्छन् अथवा उनी रोकिने मानसिकतामा छैनन् ।
छिटोछिटो स्वास फेर्नु : यस्तो संकेत बनावटी हुन मुस्किल छ । किनकी जब शरीर उत्तेजित हुन्छ, तब स्वास छिटो छिटो चल्न थाल्छ । मुटुको धड्कन पनि तिव्र हुन्छ र शरीरमा अक्सिजनको माग बढ्न थाल्छ । उनी प्रेम र सेक्सको लागि तयार छिन् भन्ने संकेत यसबाट सजिलै बुझ्न सकिन्छ ।
साथीको नजिक आउनु : जब तपाईंको साथी तपाईको नजिक आउँछिन् र प्रेमपूर्वक नजिक हुन चाहन्छिन् । यस्तो हाउभाउको स्पष्ट अर्थ हो उनी तपाईंलाई हार्दिकतापूर्वक निमन्त्रणा गर्दैछिन् अगाडि बढ्नको लागि ।
तालमेल मिलाउनु : राम्रो सेक्सका लागि शारीरिक क्रियाकलापमा तालमेल पनि एउटा रहस्य हो । यसका लागि तपाईंको साथी तपाईंको शारीरिक क्रियाकलापलाई पछ्याउँदै छिन् भने तपाईं अझै मच्चन सक्नुहुन्छ वा अगाडि बढ्न सक्नुहुन्छ । तर सबै कुरा सबै महिलामा एउटै तरिकाले लागू हुन्छ भन्ने चाहिं होइन । हरेक मान्छे प्रकृतिको फरक सिर्जना हो । यसमा जोड दिन खोजिएको एउटै कुरा भनेको आफूलाई बुझ्नुहोस्, आफ्नो साथीलाई बुझ्नुहोस् । source:tajakhabar
