धर्म गुरु आसारामविरुद्ध बलात्कारको उजुरी गर्ने महिला गायब



नयाँ दिल्ली, पुस ११ –भारतीय चर्चित धर्म गुरु आसाराम बापूविरुद्ध बलात्कार आरोप दर्ता गरेकी एक महिला एक हप्तादेखि बेपत्ता भएकी छिन्।

३३ वर्षीय ती महिला आफ्ना पति र छोराका साथ बेपत्ता भएकी हुन्।

सन् १९९७ देखि २००६ सम्म अहमदाबाद स्थित आसारामको आश्रममा रहँदा आफूविरुद्ध बलात्कार भएको भन्दै गत वर्ष उनले आसारामविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

पीडितकी कान्छी बहिनीले आसाराम पुत्र नारायण साइँविरुद्ध सन् २००२ देखि २००५ सम्म कैयौं पटक बलात्कार गरेको अभियोग लगाउँदै उजुरी दर्ता गराएकी थिइन्।

asaramसुरत जिल्लाका प्रहरी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएअनुसार पीडितलाई प्रहरीले सुरक्षा दिँदै आएको थियो। १४ डिसेम्बरमा पीडितको परिवार एक विवाह समारोहमा जाँदा सुरक्षाकर्मी आवश्यक नरहेको जानकारी प्रहरीलाई दिइएको थियो।

ती महिलाको घरमा अहिले पनि सुरक्षाकर्मी तैनाथ छन्। तर विहे समारोहका लागि भनेर झन्डै दुई साता अघि बाहिरिएको परिवार अझै घर फर्केको छैन। मोबाइलको फोन स्विच अफ छ। प्रहरीले उनीहरुका आफन्तहरुसँग यस विषयमा सोधीखोजी गरिरहेको जनाएको छ।

प्रहरी अधिकारी प्रदीप शेजुलका अनुसार बेपत्ता हुनुअघि पीडित महिलाले गान्धीनगर स्थित अदालतमा निवेदन दिएर आसारामविरुद्धको मुद्दाको बयान फेर्न चाहेको बताएकी थिइन्। गुजरात प्रहरीले गत जनवरीमा आसारामविरुद्ध अदालतमा मुद्दा चलाएको थियो। अर्को एउटा बलात्कार मुद्दामा आसाराम अहिले जोधपुर जेलमा छन्।
source os nepal




प्रतिक्रिया दिनुहोस्...