News
»
इन्टरनेटमा अश्लील भिडियो हेर्दा के हुन्छ ?थाहा पाई राखौ
इन्टरनेटमा अश्लील भिडियो हेर्दा के हुन्छ ?थाहा पाई राखौ
एजेन्सी । मानिसहरुमा इन्टरनेटको पहुँच बढेसँगै यसबाट फाइदा लिनेभन्दा यसलाई गलत तरिकाबाट प्रयोग गर्नेको संख्या पनि कम छैन ।

पछिल्लो समयमा अश्लील साइटहरुको संख्यासँगै यसका दर्शकहरु पनि उल्लेखनीय छन् । मानिसहरु इन्टरनेटमा अश्लील फिल्म हेर्ने र त्यसलाई नक्कल गरेर आफ्नो बेडरुममा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । तपाई पनि यस्तो सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । हालै गरिएको एक सर्वेक्षण अनुसार निरन्तर यस्ता पोर्न साइट हेरेर बेडरुममा त्यस्तै प्रदर्शन गर्न खोज्नु हानिकारक हुने पत्ता लागेको छ । रिसर्चका अनुसार निरन्तर पोर्न हेर्ने व्यक्तिहरुमा सेक्सुअल एक्टिभिटीका लागि हुने उत्साह समाप्त हुने खतरा हुन्छ । ‘डोपामाईन’ नामको एक न्युरोट्रान्समिटरले हाम्रो दिमागमा सेक्सुअल एक्टिभिटीका लागि उत्साहित बनाईराख्छ । तर, हामीले निरन्तर यस्ता साइटहरु हेर्यो भने त्यसले विस्तारै विस्तारै त्यसलाई समाप्त पारिदिन्छ । रिसर्चमा किशोरोवस्था देखि नै यस्ता साईटहरु हेर्नेहरुलाई सहभागी गराइएको थियो । उनीहरुले सुरु सुरुमा उत्साह भएपनि विस्तारै उत्साह घट्दै गएको र अन्त्यमा कुनै उत्साह नै नभएको जवाफ दिएका थिए । यसलाई सेक्सोलोजिस्टहरुले पनि स्वीकार गरेका छन् । इन्टरनेटमा देखिने सेक्स प्राकृतिक नभएको र मानिसहरु यसलाई वास्तविक जीवनमा प्रयोग गर्न खोज्ने भएकोले त्यो सफल नहुने उनीहरुको दावी छ । source:esamachar
प्रतिक्रिया दिनुहोस्...