एउटा ब्राको मुल्य २० करोड ! के तपाई अनुमान लगाउन सक्नुहुन्छ ?(फोटोपिक्चार सहित)
ब्रा अर्थात् वक्षकवचको मूल्य कतिसम्म पर्ला तपाई कति सम्म अनुमान लगाउन सक्नुहुन्छ सायद तपाईले लगाउनु भएको कुनैपनि अनुमान मिलदैन होला हो ।
बेलायतको लण्डनमा आयोजित एक शो मा चर्चित मोडल एलेसान्ड्रा एम्ब्रोसियो र एड्रियाना लिमाले २० लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्ने ब्रा सार्वजनिक गरेका हुन्।लण्डनको अल्र्स कोर्टमा आयोजित समारोहमा आफैले बहुमूल्य ब्रा पहिरिएर दुइ सुन्दरीहरु र्याम्पमा उत्रिँदा दर्शकहरुले जिब्रो टोक्नु स्वभाविकै नै मानिन्छ ।
भित्री वस्त्र निर्माता चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले यी बहुमूल्य ब्रा उत्पादन गरेको हो ।
ड्रिम एन्जल्स फेन्टासी ब्रा नाम दिइएका ती वक्षकवचमा १६ हजार रुबी, हिरा तथा सफारी पत्थरलाई १८ क्यारेट सुनले गाँसेर तयार पारिएको छ ।
ब्रा मा बहुमूल्य पत्थरको जाली बुन्नका लागि १३ सय ८० घण्टा लागेको जनाइएको छ ।
