बुटवलमा बसको ठक्करबाट दुईको ज्यान गयो
बुटवल : रुपन्देहीको नयाँ गाउँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाका ज्यान गएको छ ।
नयाँ गाउँमा लु १ ख ३२०५ नम्बरको बसले लु १६ प १७७३ नम्बरको मोटरासाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार दुईजनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा मोटरसाइकलमा सवार सैनामैना नगरपालिकाका उज्वल विक र कमल विक रहेका प्रहरीले जनाएको छ ।source:a2zkhabar
