कारले ठक्कर दिँदा मलेसियामा नेपालीको मृत्यु
खोटाङ– मलेसियामा कारको ठक्करबाट घाइते बनेका एक नेपाली कामदारको ज्यान गएको छ। साईकल चढेर होस्टल फर्कने क्रममा कारको ठक्करबाट घाइते भएका खोटाङको पौवासेरा–७ का विकल भनिने वियोग बान्तवा राईको ज्यान गएको हो।
बिपरित दिशाबाट आएको कारको ठक्करबाट गत हप्ता घाइते बनेका उनको केलाङ्ग अस्पतालमा उपचारको क्रममा शनिबार ज्यान गएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए। ८ महिनाअघि काठमाडौको गौरीशंकर मेनपावरवाट मलेसिया पुगेका राई क्वालालम्पुर नजिकै रहेको भेचिउड ईन्टरप्राईजेज केलाङ्ग कम्पनीमा कार्यरत थिए।
पोष्टमार्टमका लागि केलाङ्ग अस्पतालमा राखिएको राईको शव तत्काल नेपाल पठाउन पहल भइरहेको कम्पनी स्रोतले बताएको छ। आर्थिक अवस्था नाजुक रहेका मृतक राईकी अशक्त आमा, श्रीमती र दुई नावालक छोरा छन्।
source:nagarik news
