पेस्तोल सहित पोखरामा स्याङजाका गुरुङ पक्राउ, स्याङ्जाबाट थप एक हतियार बरामद



पोखराको नागढुङबाट पेस्तोल सहित एक व्यक्ति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पोखराको नागढुंगबाट स्याङजा फेदीखोला ९ कुभिण्डेका ३४ वर्षिय सुनिल गुरुङलाई पेस्तोल सहित पक्राउ गरेको हो ।

गुरुङले लुकाई राखेको पेटो एण्ड विआरएटिए चाइनिज ७.६५ एमएम क्यालिर भएको ९ राउण्ड क्षमताको अटोमेटिम पेस्टोल एक थान र दुई राउण्ड गोली सहित बरामद गरिएको कास्की प्रहरी प्रवक्ता केदार रजौरले जानकारी दिए । उनी सवार बा १० च ४३४५ नम्वरको कारको सिट मुनि लुकाई राखेको अवस्थामा प्रहरीले हतियार फेला पारेको कास्की प्रहरीले जनाएको छ । उनका साथबाट लागुऔषध नाईटोसन ७१, नर्फिन थान ३, आईजापाम थान २ र फेनेरागन थान ३ समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट अवैध हातहतियार रहेको भन्ने खुलेको र बिहिबार वडा प्रहरी कार्यालय बैदाम र प्रहरी चौकी फेदीखोला स्यांजाबाट खटिएको प्रहरी टोलीले गुरुङले जिम्मा लिई बसेको स्यांजा फेदीखोला गाविस ९ स्थित ससुरा इनबहादुर गुरुको घरमा तालिम प्राप्त कुकुर सहित चेकचाज गरिएको छ । स्याङ्जाबाट पेटो एण्ड विआरएटिए चाइनिज ७.६५ एमएम क्यालिर भएको ९ राउण्ड क्षमताको अटोमेटिम पेस्टोल एक थान र दुई राउण्ड गोली सहित बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान भैरहेको प्रहरीले बताइएको छ ।source os nepal khabar






प्रतिक्रिया दिनुहोस्...