आमाले आफ्नै छोरीलाई गुडिरहेको गाडीको चक्कामुनि फालिन्



धनकुटा, कार्तिक २७ । धनकुटाको नाम्जेमा एक आमाले आफ्नै शिशुलाई गुडिरहेको गाडीको चक्कामुनि हालेर ‘हत्या’ गरेकी छन् ।


राजारानी–भेडेटार सडकखन्डअन्तर्गत् भेडेटारको नाम्जेमा विहीबार दिउँसो सोही ठाउँकी तिलमाया मगरले मे१ख ३९९ नम्बरको बसको चक्कामुनि छोरीलाई फालेकी हुन् ।

गाडीको पछाडिको चक्काले किचेपछि ३ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि बालिकाकी आमा तिलमाया, उनका श्रीमान् र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  -imagekhabar




प्रतिक्रिया दिनुहोस्...