बिबाह समारोहमा दुलहीको अनुहार हेर्ने बित्तिकै सम्बन्ध बिच्छेद !



साउदी, घूंघटमा लुकेकी आफ्नी दुलहीलाइ हेर्ने इच्छा हरेक दुलाहालाइ हुने गर्दछ । यहि इच्छालाइ पुरा गर्दा एक जना दुलाहाले आफ्नी दुलहीलाइ पारपाचुके दिएका छन ।

साऊदी अरबमा भैरहेको एक विवाहको समारोहमा फोटोग्राफरले भनेपछि एक जना नयाँ दुलहीलाइ अनुहार देखाउनु महंगो परेको छ । फोटोग्राफरले जब फोटो खिच्नका लागी जब दुलहीको अनुहार छोपिएको पर्दा हटाए, त्यतिनै बेला जब दुलाहाको आँखा दुलहीमा पर्यो । दुलाहाले तत्कालै दुलहीसंग सम्बन्ध बिच्छेद गर्ने घोषणा गरे ।
मदीनाको पश्चिमी साऊदी टाउनमा भएको यस विवाहभन्दा अघि यो जोडीले एक अर्कालाइ देखेका थिएनन । स्टेजमा जब तस्वीर खिचाउनका लागी दुलहीले आफ्नो घूंघट उठाइन । दुलाहाले दुलहीको अनुहार देख्ने बित्तिकै तिमी त्यो महिला हैनौं, जसलाइ मैले आफ्नो सपनामा देखेको थिएँ । मलाइ माफ गर तर म तिमीसंग सम्बन्ध बिच्छेद गर्दछु ।

 अनुहार हेर्दैमा सम्बन्ध बिच्छेदको घोषणा गर्ने ती युवकले भने कि बिबाह अघि उनले युवतीको अनुहार हेरेका थिएनन । उनी ती महिला हैनन, जसका साथमा म आफ्नो जिन्दगी बिताउन सक्छु । यस घटनापछि बिबाहको समारोह आंसु समारोहमा बदलिएको थियो ।





प्रतिक्रिया दिनुहोस्...