खुकुरी प्रहारबाट श्रीमती र छोरी गम्भीर, श्रीमान फरार



पथरी, कात्तिक २० – मोरङको लेटाङ–४ स्थित खेरुवामा एक व्यक्तिले आज बिहान खुकुरी प्रहार

गरी श्रीमती र एक छोरीलाई घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार घरायसी विवादमा ३३ वर्षीय प्रितम विश्वकर्माले ४० वर्षीया श्रीमती ज्ञान सुब्बा र १२ वर्षीया छोरी एलिना विश्वकर्मालाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका हुन् । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै आमाछोरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फरार प्रितमको खोजी भइरहेको छ । source:ratopati




प्रतिक्रिया दिनुहोस्...