देशको अर्थतन्त्रमा यौन व्यवसायको ठूलो महत्व
काठमाडौ। । विभिन्न देशमा हुने यौन व्यवसायले नै त्यस देशको अर्थतन्त्रमा सुधार ल्याउने गरेको एक सर्वेक्षणले प्रष्ट पारेको छ । नेपाल यो व्यवसायलार्इ गैरकानुनी व्यवसायको रुपमा लिने गरिएको छ । विभिन्न मुलुकले यौन व्यवसायलार्इ जसरी एक उद्योगको रुपमा विकसित गरेको छ सोही अनुरुप उक्त देशको अर्थतन्त्रमा सुधार भएको पाइएको छ ।
कुनै पनि देशको अर्थतन्त्रमा आएको सुधार उक्त देशमा विद्यमान उद्योग, कलकारखाना, व्यापार, व्यवसाय आदिले निर्धारण गर्छन् तर इटालीको अर्थतन्त्रमा आएको सुधारमा भने यौन व्यवसाय, लागूपदार्थ, सुर्तीजन्य पदार्थ एवं मदिराको व्यापारको भूमिका प्रमुख रहेको बताइन्छ ।
कुनै बेला युरोपको समृद्ध मुलुक इटाली आर्थिक मन्दीबाट पूर्णतस् मुक्त भैसकेको छैन । युरोपियन युनियनको सर्वेक्षणअनुसार गत वर्ष इटालीको आर्थिक वृद्धिदरमा शून्य दशमलव १ प्रतिशतले गिरावट आएको थियो । पछिल्ला ६ वर्षदेखि आर्थिक मन्दीको सिकारमा परेको इटालीले ती गैरकानुनी कार्यबाट कमाएको आम्दानी पनि जोड्ने हो भने युरोपियन युनियनले राखेको ६० प्रतिशत वृद्धिको मापदण्डभन्दा बढी १ सय ३२ प्रतिशत आर्थिक वृद्धि देखापर्ने अनुमान गरिन्छ । source:tajakhabar
