डर लागिरहेको छ कतै मेरो गर्भ नरहने त होइन, मैले के गर्दा चाँडै गर्भ रहन्छ ?
म २२ वर्षीया विवाहित महिला हुँ। मैले विवाह गरेको तीन वर्ष भयो, तर हालसम्म मेरो गर्भ बसेको छैन। कतै मेरो गर्भ नरहने त होइन ? मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडै गर्भ रहन्छ ?
डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ
२० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ नरहने कारण महिला, पुरुष वा दुवैमा हुनसक्छ। त्यस्तो अवस्थामा केही परीक्षण पनि गर्नुपर्ने हुन सक्छ। यसका लागि तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु राम्रो हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनुपर्ने अवस्था छैन।
source:a to z khabar
