पत्र लेखेर श्रीमती कुलेलाम ठोकेपछि श्रीमानको वेहाल (पत्रसहित
मंसिर ६ ,
श्रीमती मेनुका शर्माले पत्र लेखेर घरबाट बेपत्ता भएपछि बर्दिया भुरीगाँउका नेत्रप्रसाद भट्टराईको जीवन बेहाल भएको छ ।
गत कात्तिक २६ मा बजार जान भन्दै घरबाट निस्केकी भट्टराई पत्नी ३८ वर्षीया मेनुका अझै फर्केकी छैनन् । उनीसँगै गएकी घरभेटी रेखा कँडेलको पनि कुनै पत्तो लागेको छैन । भट्टराई दम्पत्ति कँडेलको घरमा भाँडा पसल सञ्चालन गर्दै आएका थिए ।
घरभेटी र भट्टराई पत्नि दुवै वेपत्ता भएको घटना प्रहरीले अनुसन्धान गरेको भए पनि घटनाको रहस्य अझै पत्ता नलागेको प्रहरीले बताएको छ । मेनुकाले लेखेर छाडेको पत्र हेर्दै भावुक हुने भट्टराई दैनिकी बनेको छ । बिहे गरेको ११ वर्ष बित्दासमेत कुनै सन्तान नजन्मिएपछि मेनुका पछिल्लो समय निकै तनावमा रहेको बताइन्छ ।
source:onlinekhabar
