एक चोटी पढी हेर्नुस है <>के होला, यदि पुरुषहरु पनि महिनावारी हुन थाले !
महिलाहरु महिनावारी हुँदा पुरुषहरुलाई लाग्न सक्छ ‘इट्स ओके’ । तर उनीहरुमध्ये धेरैलाई यो कुरा अन्दाज हुँदैन कि यी दिनहरुमा कतिधेरै समस्या हुने गर्दछ ।
यदि पुरुषहरु पनि महिनावारी भएको खण्डमा उनीहरुले महिलालाई राम्रोसँग बुझ्नेछन् । उनीहरुलाई पनि थाहा हुनेछ कि कस्तो समस्यामा महिलाहरु निकै सामान्य देखिन्छिन् ।
२. उनीहरु महिनावारीको स्थितिलाई सहन सक्दैनन्ः महिलाहरु महिनावारी भएको खण्डमा उनीहरु त्यो स्थितिलाई ह्यान्डल गर्न सक्दैनन् । उनीहरु डराउँछन् र उनीहरुलाई यस्तो अवस्थामा निकै धेरै हेरचाहको आवश्यक पर्दछ ।
३. काम नगर्ने बाहाना पाइन्छःपुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुलाई कामबाट भाग्ने राम्रो बाहाना हुने गर्दछ ।
४. मुड स्विंग हुने भएका कारण हाल बेहाल हुनेछः
महिलाहरु महिनावारीको दौरान हुने मुड स्विंगलाई निकै सजिलै सहन सक्छन् तर पुरुषहरु यसलाई सहन सक्दैनन् । उनीहरुको अवस्था कस्तो हुनेछ, त्यो कसैले पनि बुझ्दैनन् ।
५. अझ बढि गाली गलौज गर्न थाल्नेछन्ः यदि पुरुषहरु महिनावारी हुन थाले भने उनीहरु अझ धेरै रिसाउने र गाली गलौज गर्न थाल्छन् किनभने उनीहरु पिडा र दुखाई सहन सक्दैनन् ।
६. उनीहरुलाई अझ धेरै ध्यान र तारिफको आवश्यक हुन्छः पुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुले महिलाहरु भन्दा बढि तारिफ र ध्यानको अपेक्षा राख्नेछन् । उनीहरुलाई लाग्छ कि हरेक महिना उनीहरु ब्लिड हुन्छन् भने उनीहरुको केयर त राख्नैपर्छ ।
७. महिलाहरुमाथि बढि लगाव हुनेछः यदि पुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुलाई महिलाहरुमाथि धेरै लगाव हुनेछ । उनीहरु महिलामाथि भावनात्मक सम्बन्ध राख्नमा सक्षम हुनेछन् ।
८. धैर्य राख्न सक्दैनन् र रुनेछन्ः यदि पुरुषहरु महिनावारी हुन थालेमा यति धेरै रगत बगेको देखेर तनावमा रहनेछन्, पिडा सहन सक्दैनन्, पेटमा हुने ऐठनलाई सहन सक्दैनन् ।
९. पुरुष र महिला बराबर हुनेछन्ः पुरुष र महिलाबिचको अन्तर स्तन र महिनावारीको मात्रको हो । यस्तो भएको खण्डमा सायद यो अन्तर मेटिनेछ । तर यो असम्भव कुरा हो ।
१०. सेक्सलाई भन्नेछन् ‘नो’: यदि कोही महिला महिनावारीको दिनमा छिन् र पुरुषलाई सहवासको लागि इच्छा भएमा उनीहरु कहिले पनि महिलाको पिडाको मतलब गर्दैनन् । तर यदि पुरुषहरु पनि महिनावारी हुन थाले भने सायद उनीहरुले यो विषयलाई थाहा पाउनेछन् र महिलाको समस्यालाई आफ्नै तरिकाले बुझ्नेछन् ।
source:npnews
