आफ्नै भाउजुलाई बलात्कार गर्दागर्दै एक जना पक्राउ



राजविराज । एक महिलामाथि जबरजस्ती करणी गर्दागर्दै एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको मैनाकडेरी गाविस–८ का ३२ वर्षीय शिवराम खंग रहेका छन् ।

२० वर्षीया भाउजुलाई बलात्कार गर्दै गरेको अवस्थामा नाबालक देवरले देखेर हल्ला गरेपछि खंग रङगेहात पक्राउ परेका हुन् । उनी घरमा सुतिरहेकी भाउजुलाई मुख थुनेर बलात्कार गर्दै गर्दा पक्राउ परेका हुन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपित खंगलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पीडित महिलाको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ ।
-source:nepalsandesh




प्रतिक्रिया दिनुहोस्...