सुसाइड नोटसहित अमेरिकी नागरिकको शव भेटियो
सोलुखुम्बु- सोलुखुम्बुको चौरीखर्क–८ स्थित नेष्टएट लुक्ला होटलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन्। इरानी मुलका ६५ वर्षीय अमेरिकी नागरिक सो होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन्।
कात्तिक २१ गते नेपाल आएका अमेरिकी नागरिक २२ गते काठमाडौंबाट लुक्ला पुगेका थिए। होटलको कोठमा बसेको उनी कात्तिक २४ र २५ गतेसम्म होटलबाट बाहिर ननिस्किएपछि होटलका मालिकले प्रहरीलाई खबर गरेका थिए। ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ। उनले सुसाइड नोटमा म अल्जाइमरको रोगी हुँ। म मरेपछि यो कम्प्युटर नजिकैको स्कुललाई दिनु। मलाई नेपाली मन पर्छ। म यहीँ मर्न चाहन्छु भनेर लेखेको फेला परेको छ।
source:nagarik news
