बालिका बलात्कारको आरोपमा ८० वर्षका वृद्ध पक्राउ
१७ कात्तिक, नुवाकोट । नाकालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नुवाकोटमा ८० वर्षका वृद्ध पक्राउ परेका छन् ।
खेलिरहेको समयमा बुढाको अस्वभानीय व्यहारबाट अतालिएकी नानी रुन थालेपनि स्थानीयवासीले देखेर उद्धार गरी प्रहरीलाई खबर गरिदिएका थिए । थापालाई नुवाकोट प्रहरीले आइतवार नै जिल्ला अदालत नुवाकोटमा जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले पीडित बालिका र पीडक थापाको जिल्ला अस्पताल त्रिशुलीमा स्वास्थ्य परिक्षण गरी अनुसन्धान सुरु गरेको छ ।source:a2zkhabar
