झाँक्रीको सल्लाहमा कुकुरसँग विहे गरिन् युवतीले



मान्छेले कुकुरसँग विहे गरेको सुन्नु भो भने सायद तपाइँ पत्याउनु हुन्न होला । तर भएको छ यस्तै । । झारखण्ड की १८ बर्षीया युवतीले कुकुरसँग बिहे गरेकी छिन्, त्यो पनि राजीखुसी । तर किन ? कारण सुन्नुभयो भने तपाईं अचम्ममा पर्नुहुन्छ ।

मंगली मुण्डा नामक युवतीको स्थानीय धामी झाँक्रीको सल्लाह अनुसार युवतीको कुकुरसँग बिहे भएको हो । युवतीले पुरुषसँग विवाह गर्दा विवाह गर्ने पुरुषको घरमा नराम्रो हुने बताएकाले उनका परिवारले कुकुरसँग बिहे गराइदिएका हुन् । कुकुरसँग बिहे गर्दा मण्डप समेत बनाइएको थियो भने कुकुरलाई बेहुला बनाएर कारमा जन्तीसमेत गइएको थियो । महिला र पुरुषबीच हुने विवाह जस्तै भब्य समारोह गरेर विवाह गरिएको थियो ।
युवतीसँगै दुलहा जस्तैगरि कुकुर राखेर पुरेतले विवाहको सबै प्रक्रिया पुरा गरेका थिए ।marriage-with-dog2 पुरुषलाई जस्तै गरि माला लगाएर बिवाह गरेपछि अहिले त्यो कुकुर युवतीको घरमै पालिएको छ । ज्योतिषीले युवतीको कुकुरसँग बिहे गरेपछि भने नराम्रो भाग्य काटिएको भन्दै अब पुरुषसँग बिवाह गर्न पनि मिल्ने बताएका छन् । कुनै फिल्मको कथाझैं लाग्ने यो वास्तविक घटनाले यतिबेला भारतको झारखण्डमा चर्चा को विषय बनेको छ ।




प्रतिक्रिया दिनुहोस्...