पूर्वमा आतंक मच्चाउने समूह पक्राउ, बमका टुक्रा, विस्फोटक पदार्थ बरामदहेर्नुहोस भिडियो सहित
विराटनगर, कार्तिक २४ । किराँत लिम्बुवान राष्ट्रिय परिषद्को नाममा पूर्वका विभिन्न जिल्लामा आतंक मच्चाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ बयरवनका मानबहादुर माझी, शनिशचरे आयावारीका पर्वत तामाङ, आशिष लिम्बू, दोर्जे तामाङ, मनोज विश्वकर्मा, विश्व विक, सुमन लिम्बु, बयरवन–९ का कुमार लिम्बु, झापा सतासीधाम झिलझिलेका चन्द्र लिम्बु, मोरङ आयाबारीका कविराज लिम्बु रहेका छन् ।
उनीहरुले गत कार्तिक १९ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी कार्यालयमा शक्तिशाली बम विस्फोट समेत गराएको प्रहरीको दाबी छ ।
मानबहादुर माझी भने पूर्वमाओवादी लडाकुसमेत रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले बिजुलीको तार, प्रेसरकुकर बमका टुक्रा, विभिन्न पर्चा, झन्डा, डेटोनेटर, बारुद, विस्फोटक पदार्थ बरामद गरेको छ ।source:imagekhabar
