१४ वर्षीया छोरी बलात्कार



बर्दिया, कात्तिक २४– आफ्नै चौध वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएपछि उनी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ । -source:ratopati




प्रतिक्रिया दिनुहोस्...