कागजपत्र नहुने युवती सँग किस मगे ट्राफिक प्रहरीले



सडकमा स्कुटरमा हुइकिरहेकी युवतीको चेकिङका क्रममा कागजपत्र नभेटेपछि एक ट्रफिक प्रहरीले किस माग्दा निलम्बनमा परेका छन् ।


सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्दा युवतीको साथमा नभएपछि एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका थिए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असई पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेको भन्दै ढकाल निलम्बनमा परेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

राजधानीको डिल्लीबजारमा सोमबार बेलुका मापसे चेकिङमा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीलाई उद्धृत गर्दै नयाँ पत्रिकाले खबरमा उल्लेख गरेको छ ।

युवतीले डिल्लीबजारबाट अनामनगर ढकाललाई साथमै लिएर गएको समेत खबरमा उल्लेख छ । युवतीले गरेको उजुरीमा समेत ढकालले डिल्लीबजारबाट अनामनगरसम्म पुग्दा समेत बाटामा दुव्यर्वहार गरेको उल्लेख गरेकी छन् ।

चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर, आफूलाई छाडिदिन युवतीले असइ ढकाललाई आग्रह गरेकी थिइन् ।

source:npnews




प्रतिक्रिया दिनुहोस्...