विहे अघि ‘सेक्स हट , लब हट’ मा सम्भोग गर्दै केटा छान्ने अनौठो परम्परा



बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ । कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् ।

तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् । बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी ‘सेक्स हट , लब हट’ बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस । जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ । उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ । त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी ‘सेक्स हट , लब हट’ बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन ।
पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो । यहाको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो । यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सिमा खजुरो मिलाई ककटेल बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे । तर अहिले समय निक्कै बदलिएको छ । त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन । १९ बर्षकी नाङ चान आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् । उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो्र ूयो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं । यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ
source:dainik online khabar




प्रतिक्रिया दिनुहोस्...