अर्पिताको विवाहमा सलमानका गर्लफेण्डको भिड




सलमानकी बहिनीको विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड लाग्ने चर्चा भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संगीता बिजलानी सलमानकी पुरानी प्रेमिका हुन् । संगितालाई सलमानकी बहिनी अर्पिताले नै विवाहमा बोलाएको बताइएको छ ।
संगीता सलमानको परिवारसँग पनि निकट छिन् ।

त्यसैगरी यो विवाहमा सलमानकी पूर्वप्रेमिका क्याट्रिना कैफ पनि आउँदैछिन् । सलमानकी बहिनीलाई सजाउने जिम्मा समेत क्याट्रिनाले पाएको बताइएको छ ।

तर क्याट्रिनाका अहिलेका प्रेमी रणबीर कपुरलाई भने सलमानले बहिनीको विवाहमा बोलाएका छैनन् ।

त्यसैगरी यो विवाहमा सलमानकी पुर्व प्रेमिका ऐश्वर्या राय बच्चनको परिवारबाट कोही पनि निमन्त्रणामा नपर्ने भनिएपनि पछिल्लो समयमा अमिताभ बच्चनलाई विवाहमा बोलाउन लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सलमानकी पछिल्लो समयमा प्रेमिका रहेको भनिएकी ज्याकलिन फर्नाण्डिज पनि यो विवाहमा हुने छिन् ।

अभिषेक बच्चन र उनकी पत्नि एवं सलमानकी पुर्व प्रेमिका ऐश्वर्या यो विवाहमा हुने छैनन् ।

तर एक प्रकारले यो विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड हुने भनेर चर्चा भैरहेको छ ।
source:rochak khabarside




प्रतिक्रिया दिनुहोस्...