प्रेम गर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरु:जानी राखौ



संसारको सबैभन्दा महत्वपुर्ण चिज ‘प्रेम’ | प्रेमलाई धेरै कुराबाट नियाल्न सकिएपनि महिला-पुरुषबीचको प्रेमलाई पछिल्लो समय बढी महत्व दिएको पाइन्छ |

यस्तैमा कसैको साँचो त कसैको झुटो प्रेमपनि देख्न सकिन्छ | यौनिक प्यास मेटाउन झुटो प्रेममा परी विभिन्न घटना घटेको यत्रतत्र सुन्न पाइन्छ |



कमै युवाले मात्र साँचो प्रेम गर्छन्।यो मामलामा युवतीको पनि कमि छैन | तर,समाजमा युवाले युवतीलाई धोका दिएको धेरै घटना सुनिन्छ। यस्तो अवस्था आउन नदिन युवतीले प्रेम गर्नुपूर्व नै केही कुरामा ध्यान पुर्‍याउनुपर्छ। युवाले जानेर वा नजानेर सम्बन्धप्रतिको गम्भीरता अभिव्यक्त गरिरहेका हुन्छन्। आउनुहोस्,आज यस्ता कुराबाट बच्न युवतीले के गर्नुपर्ला हामी जानकारी दिदैछौ :-

लजालु स्वभाव:-

कुनै युवा तपाईंलाई देखेर लजाउँछ भने यसको अर्थ उसले फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ। पुरुष हुँदैमा लजाउँदैनन् भन्ने होइन तर प्राय युवाहरू युवतीलाई देखेर लजाउने गर्छन्। यो उनीहरूको प्रकृति नै हो।

आँखीभौं उठाउने:-

कुनै पुरुष तपाईंबाट आँखा लुकाउँछ भने उसले तपाईंलाई मन पराएको हुनसक्छ। उसले तपाईंसँग आँखीभौं उठाएर कुरा गरिरहेको छ भने तपाईं बुझ्नु सफ्लर्ट गरिरहेको छ भन्‍ने बुझ्नुपर्छ।

नक्कल गर्ने स्वभाव:-

कहिलेकाहीँ तपाईंको पुरुष साथी तपाईंकै नक्कल गर्न थाल्छन्। यो पनि उनीहरूको फ्लर्ट गर्ने तरिका हो। तपाईं हाँसिरहनुभएको छ भने उ पनि हाँस्छ। कसैलाई मन पराइन्छ भने उजस्तै बन्न खोज्नु स्वाभाविक कुरा पनि हो।

मीठो मुस्कान :-

युवा प्राय: युवतीलाई देखेर मुस्कुराउँछन्। मीठो मुस्कान पनि फ्लर्ट गर्ने एउटा तरिका हो। तर त्यस व्यक्तिले तपाईंलाई मन पराएको पनि हुन सक्छ। उसलाई एक पटक मौका दिएर पनि हेर्न सकिन्छ।

आई कन्ट्याक्ट:-

तपाईं कसैसँग कुरा गरिरहनुभएको छ भने आई कन्ट्याक्ट हुनु जरुरी मानिन्छ। कुनै युवा तपाईंसँग कुरा गर्दा अरूको तुलनामा कति समयसम्म तपाईंलाई हेरिरहन्छ भन्‍ने कुराबाट उसले फ्लर्ट गरेको हो होइन पत्ता लगाउन सकिन्छ। कसैले पटकपटक तपाईंलाई हेरिरहेको छ भने उसले फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ।

शारीरिक छुवाई :-

कुनै पुरुषले तपाईंको कम्मरमा हात राख्छ भने उसले तपाईंलाई मन पराउँछ भन्ने प्रस्ट हुन्छ। यसबाट ऊ धेरै आत्मविश्वासी छ र तपाईंसँग फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ।कुनै पुरुषले तपाईंलाई छुन्छ भने उसलाई तपाईं राम्रो लाग्छ भन्ने बुझ्नुपर्छ। उसले भुलवश छोएको पनि हुन सक्छ। तर यसको अर्थ उसले तपाईंसँग कुरा गर्न अटेनसन खोजिरहेको छ। तपाईं पनि उसलाई मन पराउनुहुन्छ भने यसलाई नदेखे झैं गर्नुहुँदैन।

शिर झुकाउनु:-

कुनै पुरुषले तपाईंतिर शिर झुकाएको छ भने उसले तपाईंको कुरा ध्यान दिएर सुनिरहेको हुन्छ। यसको अर्थ उसले तपाईंलाई धेरै मन पराइरहेको छ। ऊ तपाईंसँग कुरा गर्न मन पराउँछ।

आत्तिने स्वभाव:-

तपाईंको वरिपरि हुँदा कुनै पुरुष बेचैन हुन्छ वा आत्तिन्छ? ऊ तपाईंसँग कसरी कुरा गर्ने भनेर आत्तिइरहेको हुन्छ। र के कुरा गर्ने भनेर बुझ्न पनि सक्दैन।
source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...