मानवरहित विमानले २० जनालाई मार्यो
१८ कात्तिक, साना ।
यमनमा सोमबार रातभर गरिएको चालकरहित हवाई आक्रमण (ड्रोन) मा कम्तीमा २० सदिग्ध अल कायदा आतङ्ककारीको मृत्यु भएको छ ।
सो आक्रमण अलकायदा र जिहादी आतङ्ककारीको विरुद्धमा वासिङ्टनद्धारा सञ्चालित रहेको आदिवासी र प्रत्यक्षदशीहरुले मङ्गलबार जनाएका छन् ।
यमनको मध्यसहर रादानजिकै अल कायदा आतङ्ककारीहरुलाई लक्ष्यगरी सो आक्रमण गरिएको जनाइएको छ ।
यमनभरी नै अल कायदा र अन्य आतङ्ककारी समूहलाई निर्मूल गर्ने कारबाहीको क्रममा संयुक्त राज्य अमेरिका आवद्ध ड्रोन आक्रमण हुदै आएको छ । रासस,एएफपी
source:nepaliheadline
