ट्रक खस्दा ७ जनाको मृत्यु सहचालकले चलाउँदा ट्रक दुर्घटना
हेटौंडा, कार्तिक १८ - मकवानपुरको चुरियामाई गाविसमा मंगलबार बिहान इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२५२ नम्बर ट्रक चुरियामाई गाविसमा सडकबाट तल खसेको हो ।
ट्रकमा धान काट्न हिंडेका मजदुर चढेका थिए । सहचालकले चलाउँदा ट्रक दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
ट्रकका चालक र सहचालक फरार छन् । प्रनाउ थापाका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जंगीलाल महतोको, सर्लाही नवलपुरको राजकुमार माझी छन् । ६ जना सर्लाही औराही ८ का बासिन्दा हुन् भने राजकुमार सर्लाही नवलपुरका हुन् । चितवनमा धान काट्न जान लागेका उनीहरु ईट्टामाथि बसेर यात्रारत थिए ।
दुर्घटनामा घाइतेमध्ये ३ जनालाई हेटौंडाबाट भरतपुर अस्पताल रिफर गरिएको छ । महेन्द्र पासवान, लक्षु माझी र राजेश रायलाई रिफर गरिएको अस्पतालले जनाएको छ ।मकवानपुरको बसामाडी २ बस्तीपुरमा शनिबार बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो ।source ekantipur khabar
