ऋतिक र सुजेनको सम्बन्धविच्छेद



मुम्बाई, कार्तिक १५ – बलिवुड स्टार ऋतिक रोशन र सुजेन खानले औपचारिक रुपमा आफ्नो वैवाहिक जीवनको अन्त्य गरेका छन् । मुम्बाईस्थित फेमिली कोर्टले उनीहरुलाई आपसी समझदारीको आधारमा सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको छ ।

  ऋतिक र सुजेन फरक फरक गाडीमा अदालत आएका थिए र करिब ११ बजे त्यहाँबाट निक्लेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।   मुम्बाईको बान्ड्रामा अवस्थित अदालतमा दुवैले ६ महिना अघि सम्बन्ध विच्छेदका लागि दर्ता गराएका थिए ।   दुवैका वकिल मृनालिनी देशमुख र दिपेश मेहेता पनि अदालतमा उपस्थित थिए ।   सम्बन्ध विच्छेदमा सुजेनलाई कति क्षतिपूर्ति दिइयो भन्ने कुरा अदालतको कागजातमा उल्लेख गरिएको छैन ।   दुवैसँग आफ्नो छोराहरुमाथि समान अधिकार रहनेछ । रेहान (७ वर्ष) र हृदान (५ वर्ष) आफ्नो आमासँग वर्सोवामा बस्नेछन् । दुवैले एकअर्काले विगत १७ वर्षदेखि चिन्दैछन् । -source:ratopati




प्रतिक्रिया दिनुहोस्...