झुन्डिएको अवस्थामा वृद्धाको शव बरामद



गौशाला, कात्तिक २८ – महोत्तरीको सरपल्लो गाविस–२ स्थित वनमा गएराति झुन्डिएको अवस्थामा एक वृद्धाको शव बरामद भएको छ ।

नाम, थर र वतन नखुलको अन्दाजी ६० वर्षीया वृद्धाको शव स्थानीय रामवृक्ष यादव र रामएकवाल ठाकुरको खेतको आलीमाथिको सिसौको रूखमा साडीको पासो लगाई झुन्डिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । गहुँगोरो वर्ण, ५ फिट उचाइ भएको, कपाल फुलको रातो ब्लाउज र हल्का गुलाफी रङ्गको पेटिकोट लगाएकी मधेसी मूलको शव झुन्डिएको अवस्थामा बरामद भएको प्रहरी निरीक्षक नरेश महतोले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।source:ratopati




प्रतिक्रिया दिनुहोस्...