गुल्मीमा जिप दुर्घटना ,एकको मृत्यु १८ घईते
गुल्मी, कार्तिक १५ – गुल्मीको अस्लेवामा केहि वेर अघि जिप दुर्घटना हुँदा एक जनाको स्थलमै मृत्यु भएको छ । १८जना घाईते भएका छन् ।
खैरेनीबाट देउँसीभैलाको पिकनिक खान आएको टोली चढेको लु १ ज ४८८७ नम्वरको जिप अस्लेवा–६ को चौर भन्ने स्थानमा दुर्घटना हुँदा उक्त मानिविय क्षति भएको हो । दुर्घटना हुँदा वित्तिकै हाम्रो पहिलो टेलिफोन सम्पर्कमा रहेका अस्लेवाका अर्जुन ढकाल संग कुरा गरी रहँदा घटना स्थलमा चिच्चाहट र रुवावासी थियो ।
खैरेनीबाट ३० जनाको टोली पिकनिकमा आएको र १९ जना घुम्नका लागि माथी अस्लेवातिर जिप चढेर आएको केहि वेरमैं जिप झण्डै साढे तिन सय मिटर तल खसेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको संकेत मिलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले घटनाको पुष्टी गरेका छन् । यो समाचार तयार पार्ने वेला सम्म घाईतेहरुलाई उपचारका लागि रिडी तर्फ पठाउने काम भई रहेको छ ।source:ratopati
