बालिकालाई तानेर पत्नी बनाउन खोज्दा जेलमा बास
ल्ला प्रहरी कार्यालयमा करणी उद्योग अन्तरगत उजुरी दिएर अदातलमा मुद्दा दर्ता भएपछि धनबहादुरलाई पक्राउ गरी अनुसन्धान थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।
घटना गाँउमै मिलाउन खोजिए पनि बालिका न्याय खोज्दै सदरमुकाम आएपछि अदातलमा मुद्धा चलेको थियो । सदरमुकामबाट एकदिन पैदल दूरीको दाँतोलामा यसअघि पनि यस्ता घटना हुने गरेका छन् ।
जिल्लाका विकट दाँतोला, रिलु, मष्टा, चौधारी, मौलाली, सैनपसेला , लेकगाँउ, दौलीचौर सुनिकोट, भैरनाथ, सुर्मा र बुंगलक्षेत्रमा केटीको मञ्जुरी नलिई केटाहरुले जवरजस्ती तानेर विवाह गर्ने प्रचलन अझै छ ।
गाँउले र दलका नेताहरुले बालिकालाई एक लाख रुपैयाँ दिएर मिलाउन खोजेपनि पीडित पक्षले नमानेपछि यो घटना सार्वजनिक भएको थियो । गत वर्षपनि चौधारी गाविसकी एक युवतीलाई तानेर विवाह गर्न खोज्ने चौधारी गाविसका सात युवालाई सार्वजनिक मुद्दा लगाएर धरौटीमा छाडिएको थियो । जिल्लामा तानेर विवाह गर्न खोज्नेलाई करणी उद्योग सम्वन्धी मुद्दामा कारबाही गर्न सके यस्ता घटनामा कमी आउने महिला अधिकार रक्षक मञ्चकी अध्यक्ष उमा केसीले बताइन् ।
source:onlinekhabar
