धेरै प्रस्तावले ऐश्वर्यालाई तनाव
मुम्बइ । कसैलाई फिल्ममा काम नपाएर तनाब त कसैलाई धेरै भएर । अहिले अभिनेत्री ऐश्वर्या रायलाई यस्तै भएको छ ।
यी दुबै निर्देशकका फिल्मको विषय नारी प्रधान छ । तर, ऐश्वर्याले दुई मध्ये एउटा फिल्म छोड्नैपर्छ । किनभने दुबै फिल्मको सुटिङ एउटै मितिमा सुरु हुने सम्भावना छ ।
दुबै निर्देशकलाई श्रद्धा गर्ने ऐश्वर्याले निर्णय गर्न सकेकी छैनन् कुन फिल्ममा काम गर्ने भन्ने । किनकी दुबै निर्देशकसँग उनको उत्तिकै राम्रो सम्बन्ध छ ।
सुजयले आफ्नो नयाँ फिल्म ‘दुर्गा रानी सिंह’ का लागि ऐश्वर्यालाई प्रस्ताब गरेका थिए भने अर्का निर्देशक झाले ‘गंगाजल-२’ का लागि । दुबै फिल्म प्रहरीको चरित्र केन्दि्रत फिल्म हो भने ऐश्वर्याले प्रहरीकै चरित्र निर्वाह गर्न पाउनेछिन् ।
source:dainik online khabar
