गाडेको अवस्थामा वालकको शव भेटियो
चितवन, कार्तिक २२ । पूर्वी चितवनको वीरेन्द्रनगरमा एक बालकको शव फेला परेको छ । वीरेन्द्रनगर–२ निवासी रामबहादुर आलेमगरका ११ वर्षिय छोरा होमबहादुर
बालकका बुबा रामबहादुरले छोरा हराएको भनि गत कार्तिक २ गते इलाका प्रहरी कार्यालय भण्डारामा निवेदन दिएकाले हत्या भएको आशंका प्रहरीले गरेको हो । घाँस काट्न गएका स्थानिय महिलाहरुले हिजो टाउको र खुट्टाको अस्थिपञ्जर गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
वालकले लगाएको कपडा र चप्पलका आधारमा मृतकका बुबाले आफ्नो छोराको पहिचान गरेपछि सनाखत गरिएको हो । हत्या कसले र किन गरेको भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
-source:imagechanal
