तेह्रथुममा सामूहिक बलात्कार



पाँच जना युवाले तेह्रथुमकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका छन् । तेह्रथुमको मोहाराङका युवाले ओयाक्जुङ गाविसकी १५ वर्षीया युवतीलाई आइतबार बलात्कार गरेको तेह्रथुम प्रहरीले जनाएको छ ।



चिनेजानेकै युवकले फकाइफुलाइ बोलाएर जंगलमा लगेको र साथीहरुसहित सामूहिक बलात्कार गरेको पीडित किशोरीका पक्षबाट दिएको उजुरीमा उल्लेख छ । घटनामा संलग्न मोराहाङाका २२ वर्षीय विष्णुकुमार खापुङ १८ वर्षीय गोविन्द लिम्बु, जीवन विक, मिलन लिम्बु र सुविन लिम्बु फरार रहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले बताए ।

किशोरीको बलात्कार आइतबार भए पनि प्रहरीमा किटानी जाहेरी बुधबार मात्रै भएको प्रहरीले बताएको छ ।source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...