७ किलो सुनसहित थानकोटबाट एक जना पक्राउ



काठमाडौं, कात्तिक १९ – काठमाडौंको थानकोटबाट प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियमित चेकजाँचको क्रममा थानकोटबाट

ताप्लेजुङका दोर्जे शेर्पालाई सुनसहित पक्राउ गरेको हो ।
शेर्पाले कम्मरमा पटुका जस्तो कपडामा लुकाएर राखेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको मुल्य २ करोड ८७ लाख रुपैयाँ पर्छ ।
थानकोट प्रहरीले सुन कहाँबाट ल्याइएको हो र सुनको खास व्यापारी को हो भन्ने बारेमा अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीले सुन अवैधरुपमा काठमाडौं भित्र्याउने काममा सुन तस्करको ठूलो गिरोह नै संलग्न रहेको आशंका गरेको छ ।source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...