झरी पर्नै हुन्न, लुगा खोलिहाल्छिन् –रुपा



झरीले रुझ्दा पनि मेरो तन जलेको छ ‘बोलको भिडियोमा अभिनय गरेकी रुपा खनाललाई हेर्दा लाग्छ उनी असाध्यै झरी प्रिय छिन् ।

त्यसो त युवतीहरु प्रायः झरीमा रमाउन चाहान्छन ।झरी पर्ने छनक देख्ने बित्तिकै रमाइलो लाग्ने बताउने रुपा हरेक मौसमको उत्तिकै महत्व हुन्छ भन्छिन् । स्कूल पढ्दा पटक पटक भिजेको पनि उनले बताइन् । स्कूल छुट्टी हुनेबेला पानी पर्यो भने सबैभन्दा खुसी हुन्थिन रुपा । ‘आज फेरी भिज्न पाइने भयो भन्दै रमाउथ्यौं यसरि भिज्ने हाम्रो छुट्टै टोली नै थियो,’ उनले बताइन्।

भिडमा भिज्दै हिंड्दा रमाइलो भएपनि घरमा पुगेर गाली खाएको घटना भने पटकपटक दोहोरिएको रहेछ उनको जीवनमा । ‘रुझ्दा त रमाइलो लाग्थ्यो तर, त्यहि कुरामा ममीको गाली सुन्दा भने साह्रै नरमाइलो लाग्थ्यो,’ उनले भनिन् ।अहिले पनि पानी परेकोबेला स्कूले केटाकेटी रुझेर हिंडेको देख्दा उनलाई छुट्टै आनन्द आउँने उनि बताउद्छिन ।

हिरोइन भएपछि हल्का ग्ल्यामरस हुनुपर्छ भन्ने उनको पुरानै मान्यता हो । त्यहि कारण पनि हो कसैले बोल्ड अभिनय गर्नुपर्यो भनेर प्रस्ताब राख्यो भने आपत्ति जनाउँदिनन् । ‘फिल्म र भिडियो खेल्नु अघि काम गर्ने टिमको वारेमा चाँहि ध्यान दिन्छु,’ उनले भनिन् ।पछिल्लो समय भिडियोमै ब्यस्त रहेकी रुपा भिडियोवाट आउने पारिश्रमिक र काम गर्ने शैली आकर्षक भएको बताउँछिन् । ‘एकदिन गर्दा काम सकिन्छ भने पारिश्रमिक पनि राम्रै हुन्छ,’ उनले भनिन् ।

प्रियंका र आर्यनबाट प्रभावित
प्रियंकाको काम गर्ने शैली समेत राम्रो भएको भन्दै रुपाले उनको क्षमताको पनि प्रशंसा गर्दै भनिन्, ‘प्रियंका वास्तवमै क्षमता भएकी हिरोइन हुन्, उनले अझै राम्रो गर्न सक्छिन् ।’
आर्यान सिग्देलको ब्यबहारवाट प्रभावित रुपाले उनको सामान्य जीबनशैलीको प्रशंसा गर्दै भनिन्, ‘आर्यन स्टार भएपनि उनको ब्यवहार स्टारको जस्तो छैन । मलाई मन पर्छ ।’

फिल्म राम्रा बन्न थाले
नेपाली फिल्म कमजोर छ भनेर फिल्म हेर्न हलमा जान अल्छि गर्ने दर्शकलाई उनी आग्रह गर्छिन्, ‘नेपाली फिल्म पनि राम्रो बन्न थालेको छ हलमै गएर हेरेर मनोरञ्जन लिनोस् ।’
‘लज्जा’, ‘टलकजंग भर्सेज टुल्के’ जस्ता फिल्मले समग्र फिल्मको दर्शक बढाउन भुमिका खेल्छ भन्ने ठानेकी रुपाको भविष्यमा फिल्म बनाउने योजना पनि रहेको बताइन् ।

 -source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...