बुद्धको मूर्ति चोर्ने समातिए



सुर्खेत : प्रहरीले बुद्धको मूर्तिसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बुधवार दिउँसो भगवान बुद्धको मूर्तिसहित एक जनालाई पक्राउ गरेको हो ।



विषेश सुचनाको आधारमा छिन्चु गाविसको वडा नं ८ बाट प्रक्राउ गरिएको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । अनुसन्धानमा असर पुग्ने भएकाले पक्राउ परेका व्यक्तिको बारेमा परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार मूर्ति चोरीको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको छ । डोल्पा र अन्य केही जिल्लाबाट समेत बुद्धको मूर्ति चोरी भएको र हराएको भन्ने सूचना आएकाले पनि आफूहरुले पक्राउ गरेर हिरासतमा राखेको हमालले जानकारी दिए ।

पहेलो रङको सो मूर्तिको उचाई १० इन्च ७ सेमी र तौल ३ किलो ९ ग्राम रहेको छ । बुद्धको मूर्ति चोरीको भएको र अन्य व्यक्तिहरु पनि चोरीमा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । source: top ten khabar




प्रतिक्रिया दिनुहोस्...