अमलेखगञ्जमा बस र ट्रक जुध्यो, पाँच जनाको मृत्यु



बारा, कार्तिक ५ । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुलनजिक बस, ट्रक र ट्याङकर एकापसमा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेको सिमरा, बीरगञ्ज र हेटौंडामा उपचार भईरहेको छ । आज विहान आठ बजे ट्रक चालकको लापरवाहीले गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सबैभन्दा बढी क्षति बसमा परेको छ । ट्रक चालक भने फरार छन् । दुर्घटनामा परेको ना ४ ख १५४४ नम्बरको बस बीरगञ्जबाट हेटौंडा जाँदै थियो भने ना २ ख ८७११ नम्बरको ट्याङ्कर हेटौंडाबाट अमलेखगञ्ज र ना ३ ख ६२८५ नम्बरको ट्रक हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै थियो ।






प्रतिक्रिया दिनुहोस्...