मकवानपुमा दुई बस ठोक्किए, ९ को मृत्यु, ३० घाइते



१५ कात्तिक, मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको बासमाडीमा भएको  रात्रीबस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् ।
इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस राति २ बजेको समयमा ठोक्किएका थिए ।
दुर्घटनामा परेका ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा इलाम बरबोटे ४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम-२ की सुजता काफ्ले, नाम्सालिङका मिलन अधिकारी, इलाम-३ रक्षा श्रेष्ठ, इलाम-४ इसा कार्की छन् । दुई जनाको सनाखत हुन सकेको छैन ।
रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेहरुको मकवानपुरमा उपचार गरी थप उपचारका लागि चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
-source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...