नुहाउने क्रममा बालिकाको मृत्यु



रौतहट, कात्तिक १० – नुहाउने क्रममा पोखरीमा डुबेर यहाँ एक बालिकाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा देवाही गाविस–३ का नागेन्द्र साहकी १३ वर्षीया छोरी मधु साह भएको प्रहरीले जनाएको हो ।


बाख्रा चराउन गएको समयमा आज १२ः३० बजे साथीसँगै नुहाउन खोज्दा उनी डुबेको सशस्त्र बेस क्याम्प देवाहीका सशस्त्र प्रहरी निरीक्षक शत्रुधन ठाकुरले बताए ।


बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ ।








प्रतिक्रिया दिनुहोस्...