रात्री बसबाट ल्याएको चार किलो सुन सहित एक जना पक्राउ



वीरगन्ज- वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले मंगलबार बिहान चार किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट आएको रात्री बसबाट ओर्लेका यात्रुलाई सुराकीले दिएको सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ।


पक्राउ परेको व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। ‘नाम अहिले तुरुन्तै हामीले सार्वजनिक गर्न सक्दैनौं, अनुसन्धानका लागि केही थप कुरा बुझ्न बाँकी छ,' सुन बरामद भएको पुष्टी गर्दै प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले नागरिक न्युजलाई भने, ‘प्रारम्भीक अवस्थामा सुन बोकेका व्यक्ति क्यारियर भएको बु्झएको छ।'

दिउँसो सञ्चारकर्मी माझ सुनसहित ती व्यक्तिलाई सार्वजनिक गरिने ओलीले जनाए। काठमाडौंबाट ल्याइएको सुन अबैध रुपमा भारत लैजान लागेको आशंकामा प्रहरीले उनीसहित सुन नियन्त्रणमा लिएको हो।






प्रतिक्रिया दिनुहोस्...