सावधान ! गर्भ निरोधक चक्कीले क्यान्सर होला
धेरैले भन्दछन् ‘इग्नोरेन्स इज ब्लिस’ अर्थात कतिपय कुरा थाहा नपाएकै बेस । तर यस्तो मान्यताले जनस्वास्थ्यमा डरलाग्दो स्थिती ल्याउदो रहेछ ।
अब बिषय प्रवेश गरौँ । हामीकँहा सडकमा टायर बाल्ने र पोलिथिन, प्लास्टिक, रबर र गद्दा जस्ता रद्दि र फाल्तु बस्तुलाई चौबाटो, चोक र घरको पछाडि लगेर जलाउने व्यापक चलन छ । यसबाट निस्कने धुंवामा बिज्ञानले हालसम्म परीक्षण गरेका सबैभन्दा डरलाग्दा बिषालु र क्यान्सर पैदा गर्ने रसायनहरु पैदा हुन्छन् । यिनिहरुले प्राय ल्कोरिन , फ्लोरा्इड वा अन्य जे जस्ता बस्तुबाट बनेका हुन्छन् त्यही बमोजिम डाइअक्सिन, फ्युरान, हाइड्रोजन साइनाइड, बेञ्जोपाइरिन, हाइड्रोकार्बन, एक्रोलिन र बिस्फानोल जस्ता कैँयौ घातक र विषालु ग्याँस र रसायन वायुमण्डलमा छोडछन् र यिनिहरुको सानो मात्रा पनि ब्यक्तिको तत्काल मृत्यु गराउने देखि अरु बस्तुको अपेक्षा क्यान्सर पैदा गर्न हजारौँ हजार गुणा बढि सशक्त मानिन्छ । तर सानो सचेतना मात्रैले पनि सहज रोकथाम हुन सक्ने यस्तो गम्भिर बिषयमा कँही कतैबाट प्रयास सम्म भएको पाइदैन । यस संगसँगै क्यान्सरबाट जोगिन प्लास्टिकबाट बनेका बस्तुको प्रयोगबाट बच्नु पनि उत्तिकै जरुरी छ । तयारी खानाका डिब्बा, बट्टा, पानीका बोतल ,जार र त्यसैगरी प्लास्टिकका प्लेट, गिलास, बाटा , बाल्टिन जस्ता भाँडाकुँडाको आजकल चलन बढ्दो छ । यस्ता बस्तुहरुको भित्री सतहमा क्यान्सर पैदागर्ने र शरीरका सबै इन्डोक्राइन प्रणाली लाई बिश्रृड्खलित गर्ने बिस्फानोल भन्ने रसायन हुन्छ र यस्तो बस्तुहरुको प्रयोग गर्दा , खिइंदा, फुट्दा, सूर्यको प्रकाशमा पर्दा वा माइक्रोबेभिङ्ग गर्दा यो रसायन चुहिएर हाम्रो शरीरमा भित्रिन्छ । उता बिस्फानोल मुक्त र सुरक्षित भनिएका प्लास्टिकका भाडाँहरु पनि पूर्णत सुरक्षित हुदैनन् र बिभिन्न नर्मल अवस्थामा एष्ट्रोजिन लगायत कैँयौ रसायन छोड्छन् जो पनि क्यान्सर र अरु थुप्रै रोगहरुको कारण बन्दछन् ।
दोस्रो कुरा, हाम्रा अधिकतर दिदी बहिनीहरुलाई उनीहरुले बिश्बासका साथ प्रयोग गर्दै आएका परिबार नियोजनका खाने चक्किहरु र हर्मोन प्रतिस्थापन उपचार (एच आर टि) क्यान्सरका ठूला कारण हुन् भन्ने पनि थाह छैन । खास गरी १९६० को दशक देखि स्वास्थको लागी अत्यन्तै सुरक्षित रहेको प्रत्याभुति सहित अभियानकै रुपमा ल्याइएका यि चक्किहरु छोटो समयमै महिलाहरुको बिच लोकप्रिय साधन पनि बने । तर दुर्भाग्य के रह्यो भने, ठुला मात्रामा प्रोजेष्टेरोन र एस्ट्रोजिन जस्ता स्त्री हर्मोन समाबेस यी चक्की कै कारणले धेरै महिला स्तन, पाठेघरको मुख र कलेजोको क्यान्सरका सिकार हुन थाले । सरकार र औषधी कम्पनी जनस्वास्थ्यप्रति कति गैह्रजिम्मेबार हुँदा रहेछन् भन्ने यो एउटा गतिलो उदाहरण हो । यी चक्कीहरुले मुटु र शरीरको प्रतिरक्षा प्रणालीमा असर पार्ने, कतिपय गम्भिर स्वास्थ्य समस्या ल्याउने र क्यान्सरको ससक्त कारण बन्ने बिभिन्न अध्ययनका प्रतिबेदन आउदै गर्दा सन् २००५ मा डब्लु एच ओ अन्तर्गतको आइ ए आर सी ले यसलाई रेडिएसन र एस्वेष्टोस ग्याँस सरह नै पहिलो समुहको क्यान्सरकारक बस्तुको रुपमा सूचिकृत गर्यो र यस्को बास्तबिकता बढि उजागर भयो । स्विडेनका प्रसिद्ध क्यान्सर बिशेषज्ञ डा. हकन ओल्सोन र न्यूजर्सी कि बिख्यात क्यान्सर सर्जन डा. एन्जेला लाफ्रेन्चीले यी चक्की सेवनबाट स्तन क्यान्सरको खतरा ६६० देखि १००० गुणासम्म उच्च हुने बताएका छन् । पछिल्लो समय यी चक्कीहरुमा उल्लेखित हर्माेनको मात्रामा ब्यापक कटौती गरीए पनि यी अझै सुरक्षित हुन सकेका छैनन् ।
पहिलो गर्भाबस्था अघि देखिनै र अझ २० बर्ष नपुग्दै सुरु गरी लामो समय प्रयोग गर्दै आएका महिलाहरु बिशेष रुपले यसको उच्च जोखिममा हुने बताइृन्छ । तर यसको मतलब पुरुष हर्मोन एण्ड्रोजिन (टेस्टोस्टेरोन ) क्यान्सरको दृष्टीबाट निरापद छ भन्ने होइन । अक्सर वृद्धाबस्थाका पुरुषमा देखिने प्रोस्टेट क्यान्सरका लागी शरीरमा पुरुषहर्माेनको बृद्धिलाई एउटा प्रमुख कारणका रुपमा मानिएको छ । एण्ड्रोजिनको उच्च तह यौन दुर्बलतामा एण्ड्रोजिन उपचार लिने र खानामा बढि चिल्लो पदार्थ लिने पुरुषहरुमा पाईन्छ । आमा, दिदी, बहिनीहरुलाई स्तन क्यान्सर हुने पुरुषहरु अक्सर प्रोस्टेट क्यान्सरको उच्च जोखिममा रहन्छन् र तालु खुइलिनु लाई पनि प्रोस्टेट क्यान्सरको प्रांरभिक लक्षणमा मान्ने गरिन्छ ।
babulal bhandari
लेखक
उता, हामीले श्रंगार प्रसाधनका साधनहरुलाई प्रायः हल्का रुपमा लिन्छौँ र यिनीहरुका संभाबित घातक परिणाम बारे बेखबर रहन्छौं । हाम्रो दैनिक प्रयोगका साबुंंन, स्याम्पु, लिपिस्टिक, लोशन, मेहन्दी, सेभिङ्ग क्रिम, अत्तर, आई स्याडो, हेयर डाई, स्प्रे र सनस्क्रिन क्रिम जस्ता बिभिन्न कम्पनी र ब्राण्डका उत्पादनमा झण्डै ९०० को हाराहारीमा रासायनिक पदार्थ प्रयोग हुँदै आएका छन् र आश्चर्य के छ भने यिनीहरु मध्येका अधिकांश ज्यादा बिषालु र क्यान्सरकारक हुने मान्दा मान्दै पनि यिनीहरुको कहीँ कतै परीक्षण सम्म हुनसकेको छैन । अझ उल्लेख्य के छ भने यस्ता बिषादीहरु छालाको सम्पर्कबाट अवशोषण भएर सिधै हाम्रो रक्तप्रबाहमा मिसिन पुग्दछन् । अचेल छोरीमान्छेहरुमा धेरै कम उमेरमै यौबनावस्था र सेकेन्डरी यौन लक्षणहरु देखिन थालेका छन् र बैज्ञानिकहरुले यस्मा सेम्पुको बढ्दो प्रयोगलाई जिम्मेवार ठहराएका छन् । उनीहरुले नेल पोलिस र अत्तरमा मिसिने थालेट्सलाई पनि सिघ्र यौबनावस्था र पछि गएर स्तन क्यान्सरको सम्भाबनासँग जोडेर हेर्ने गर्दछन् । बिभिन्न उत्पादनमा प्रयोग हुने वेन्जिन र एस्वेस्टोस तथा स्याम्पु र वोडिवासमा प्रयोग हुने डाइअक्सिनलाई आइ ए आर सी ले क्यान्सरका ज्यादै खतरनाक कारणका रुपमा बर्गिकृत गरिसकेको छ । दन्त मञ्जन र साबुनमा मिश्रित ट्राईक्लोसानले शरीरको हर्माेन उत्पादन र थाइराइडलाई प्रभाबित गरेर सयौँ स्वास्थ्य समस्या जन्माउने मानिन्छ । यि बाहेक श्रृङ्गार प्रसाधन सामाग्रीमा प्रयोग हुने अरु सयौँ बस्तुहरु क्यान्सर र अन्य गम्भिर रोगका प्रमुख कारक मानिए पनि कैयौँ यस्ता बस्तुलाई सामाग्रीको प्याक या बट्टामा घटक सामाग्रीको रुपमा उल्लेख सम्म गरिएको हुदैँन । त्यसैले क्यान्सरको रोकथामको लागी हरहालतमा पेट्रो केमिकल्स र अन्य रसायनजन्य कृत्रिम वस्तुबाट बच्नु अनिबार्य र पहिलो शर्त बन्छ ।
अर्कोतर्फ, भिटामिन डि पनि क्यान्सर रोकथाममा सकृय भूमिका खेल्ने भिटामिन हो । रगतमा भिटामिन डि को प्रचुरताले स्तन र अन्य धेरै अङ्गका क्यान्सरको सम्भाबनालाई ५०्र% सम्म घटाउन सक्ने बिभिन्न अध्ययनहरुका निष्कर्ष छन् । यसको आपूर्तिको मुख्य श्रोत सुर्यको प्रकास भएपनि सुर्यकै प्रकासबाट शरीरलाई सिधासिधा भिटामिन डि मिल्ने भने होइन । सुर्य किरणबाट हाम्रो छालाले यसको निर्माण गर्नु पर्ने हुन्छ । प्राय ५० वर्ष माथिका र कालोवर्ण भएका व्यक्तिलाई अवशोषणको कठिनाईले गर्दा यसको अभाव रहन सक्तछ । झ्यालको शिशाले पनि भिटामिन डि निर्माण गर्ने अल्ट्राभ्वाइओलेट बि लाई रोकेर उल्टै हानिकारक अल्ट्राभ्वाइओलेट ए लाई प्रवेश दिन्छ । पाचनअङ्ग र मृगौलाको खराबी एवं उमेर छिप्पिदै जांदा भिटामिन डि लाई क्रियाशिल स्वरुपमा बदल्ने कलेजो र मृगौलाको क्षमतामा कमिले पनि यसको अभावको अवस्था बन्दछ । एउटा वयस्क व्यक्तिको लागि रगतमा यसको मात्रा घटिमा ४० ना ग्रा ÷मि लि कायम भै रहनु पर्दछ । वयस्कहरुको लागि १५ मा ग्रा , ७० माथिको उमेरका व्यक्तिहरुको लागि २० मा ग्रा र बालबालिकाहरुको लागि १० मा ग्रा (अर्थात १० ८४० =४०० अ यू ) यसको दैनिक आवश्यकता हो । क्यान्सर र मुटुका रोगीहरुका लागि भने यसको दैनिक २ गुणा मात्रा सिफारिस हुने गरेको छ । ट्युना , सालमोन , कड र म्याकरेल जस्ता माछाका प्रजाति र अण्डाको पहेलो भाग तथा चिज र कुनै कुनै च्याउ एवं कलेजोमा पनि थोरबहुत यसको मात्रा पाइन्छ । यसरी हेर्दा ज्यादै थोरै खाद्यवस्तुमा मात्रै भिटामिन डि उपलब्ध छ र शरीरमा यसको न्यूनतताको स्थितिमा दैनिक ज्यादै ठूलो मात्रामा यसको परिपुर्ति हुनपर्नेु कारणले खानाबाट मात्र यसको आपुर्ति असम्भव हुन्छ र त्यति ठिक नहुदा नहुदै पनि सप्लिमेन्ट जरुरी हुन्छ । औषधीको रुपमा सप्लिमेन्ट लिनै पर्दाको अवस्थामा पनि डि २ भन्दा डि ३ हाम्रो लागि बढी उपयुक्त हुने विशेषज्ञहरु बताउछन । पछिल्ला अध्ययनहरुबाट ज्यादै ठूलो संख्याका मानिसहरु यसको अभावबाट गुज्रिने र यसबाट कैयौं स्वास्थ्य समस्याहरु जन्मिने गरेको तथ्य प्रकासमा आएको छ । हाम्रो दैनिक आवश्यकताको झण्डै ९० % भिटामिन डि सूर्यको प्रकासबाटै आपूर्ति हुने गरेको र हाम्रो छालाको रङ्ग हेरी १५ मिनेट देखि ४५ मिनेट सम्म शरीरको सबै भागमा प्रकास पर्ने गरी सुर्यस्नान (ब्यास्किङ्) वा १ घण्टा थोरै लुगामा खुला घाममा घुमफिर यसको दैनिक मात्रा आपूर्तिको लागि पर्याप्त मानिन्छ । धेरै स्वास्थ्य विशेशज्ञहरुले बिहान वा बेलुकाको धुपस्नान बढी लाभदायक हुने ठहर गदै सम्भव भएसम्म अपरान्ह १० देखि ४ बजे सम्मको धुपबाट बच्ने सल्लाह दिन्छन ।
अन्तमा अरु एकाध प्रसङ्गहरुलाई थाति राखे पनि छुटाउनै नहुने प्रसङ्ग हो धुम्रपान र सूर्ति सेवनको । चुरोट वा सूर्तिका अम्मली मेरो हजुरबुबा वा अमुक नाताका व्यक्ति ९० माथिको निरोगी जिवन बाँच्नु भयो उता यसको उल्टो सूर्तिजन्य कुनै वस्तु सेवन नै नगर्ने फलानो व्यक्ति घाटी, फोक्सो वा मुखको क्यान्सरका सिकार भए । सवैको मनमा यही कौतुहलता भेटिन्छ जो स्वाभाविक पनि हो कारण, यस्तो अधिकतर हुंदै आएको पनि छ । हो , सूर्तिको धुवामा ६० भन्दा बढी क्यान्सर पैदागर्ने तत्वहरु हुन्छन् । आँकडा अध्ययन गर्दा क्यान्सरबाट हुने कुल मृत्युका घटनामध्ये मोटामोटी ३० % जति प्रत्यक्ष वा परोक्ष सुर्ति र यसको धुवासंग सम्बन्धित देखिन आउछन् । अझ फोक्सोको क्यान्सरकै सन्दर्भमा भन्नुपर्दा पुरुषमा ८० % र महिलामा ७०% को हाराहारी केसहरुमा धुम्रपाननै प्रमुख कारण देखा पर्दछ ।एउटा अध्ययनले देखाए अनुसार दिनमा २५ खिल्ली चुरोट पिउने व्यक्ति धुम्रपान नगर्ने अर्काे व्यक्तिको अपेक्षामा २५ सै गुणा बढी क्यान्सरको जोखिममा रहन्छ र उसको परिवारका अरु सदस्य पनि त्यही अनुपातको संकटभित्र पर्न आउछन् अर्थात अप्रत्यक्ष वा सेकेन्ड ह्यान्ड स्मोकले पनि व्यक्तिलाइै उत्तिकै चपेटामा ल्याउछ । तर के पनि सत्य हो भने धुम्रपान वा अरु कुनै कारणबाट क्यान्सरको उत्पत्ति हुन केही मुलभुत चरणहरु पूरा हुनु पर्दछ ।
