ला लिगा उत्कृष्ट खेलाडी: रोनाल्डोले मेसीलाई पछारे
लन्डन : बार्सिलोनाका लियोनल मेसीलाई पन्छाउँदै रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सर्वोत्कृष्ट खेलाडीसँगै उनले अन्य थप दुई विधामा पनि आफूलाई अब्बल सावित गरे। रोनाल्डोले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट गोलकर्ताको पुरस्कार पनि हात पारे।
![]() |
Add caption |
अघिल्लो वर्ष मेसीलाई नै पछाडि पारेर फिफा वर्ष खेलाडी बनेका रोनाल्डोले ला लिगाको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा गौरवान्वित महसुस गरेको बताए। ला लिगाको सन् २०१३/१४ सिजनमा ३१ गोल गरेका रोनाल्डोले क्लबलाई उपाधि भने दिलाउन सकेका थिएनन्।
रियलकै सर्जियो रोमास उत्कृष्ट डिफेन्डर र लुका मोड्रिच उत्कृष्ट डिफेन्सिभ मिडफि ल्डर घोषित भए। यसैगरी उत्कृष्ट प्रशिक्षकको पुरस्कार ला लिगाको उपाधि विजेता एट्लेटिको म्याड्रिडका डिएगो सिमोनीले जिते। अघिल्लो वर्ष लेभान्तेबाट खेलेका केलोर नाभास उत्कृष्ट गोलरक्षक बने। उनी चालू सिजनमा भने रियलबाट खेलिरहेका छन्।
तीनवटा विधामा विजेता बनेका रोनाल्डो सन् २०१४ को फिफा वर्ष खेलाडी अवार्डका लागि सार्वजनिक गरिएको सम्भावित २३ जना खेलाडीको सूचीमा पनि परेका छन्। मनोनयनमा परेका २३ खेलाडीमध्येबाट आगामी डिसेम्बरमा अन्तिम तीन खेलाडीको नाम छनोट गरिनेछ।
त्यसपछि सन् २०१५ को जनवरी १२ तारिखमा स्विट्जरल्यान्डको जुरिचमा फिफा वर्ष खेलाडी अवार्ड विजेताको घोषणा गरिनेछ।
source:tajasamachar
