नेपाल सामु अमेरिकाले राख्यो २०५ रनको लक्ष्य



क्वाललम्पुर, कार्तिक १० – मलेसियाको क्वाललम्पुरमा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तरगतको खेलमा अमेरिकाले नेपाल सामु २ सय ५ रन को लक्ष्य प्रस्तुत गरेको छ ।

  किनरारा एकाडेमी ओभल मैदानमा टस जित्दै ब्याटिङ रोजेको अमेरिकाले राम्रो शुरुवात गरको थियो । २७ औं ओभरसम्म एक विकेटको क्षतिमा १३६ रनको स्थितिमा रहेको अमेरिकाका मध्यक्रमका ब्याटस्मान टिक्न नसकेपछि ४७.३ ओभरमा २ सय ४ रनमा अलआउट भयो ।     निकै खतरनाक देखिएका स्टिभ मसिहा आउट भएपछि अमेरिकाको पतन शुरु भएको थियो । शक्ति गौचनको बलमा बसन्त रेग्मीद्वारा क्याच आउट हुन अघि उनले १२३.३३ को स्ट्राइरेट सहित ६० बलमा ७४ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । उनलाई फहाद बब्बरले ४७ रन बनाउँदै राम्रो साथ दिएका थिए । नेपालका लागि सोम्पाल कामीले तीन विकेट, त्यस्तै बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले दुई–दुई विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्...