photos
»
छोरीलाई दाइजोमा सुनको ट्वाइलेट ? (फोटोफिचर)
छोरीलाई दाइजोमा सुनको ट्वाइलेट ? (फोटोफिचर)
साउदी अरबका राजाले आफ्नी छोरीको विवाहमा सुनको पहिरन मात्र नभई दाइजोमा सुनको ट्वाइलेट दिएका छन् । साउदी अरबका राजाको सम्पत्तिको बारेमा हामीहरुले धेरै खबर पनि पढिसकेका छौँ तर यो खबरले तपाईंलाई अचम्मित भने पक्कै तुल्याउँछ ।
फोब्र्सका अनुसार किंग अब्दुल्ला संसारको सबैभन्दा धनी व्यक्तिको सूचिमा आठौँ नम्बरमा पर्छन् । उनी संसारको सबैभन्दा धनी मुस्लिम हुन् । सन् २०११ मा फोब्र्सले अब्दुल्ला परिवारको सम्पत्ति विवरण निकालेको थियो जुन लगभग २१ बिलियन युएस डलर रहेको थियो । १८० करोडको सुनको पहिरनमा सजिएकी उनकी छोरी सुनको पिरामिड जस्तो देखिएकी थिइन् । उनको पहिरन निकै भारी देखिएको थियो । यस्तो भारी पहिरन दिँदासमेत उनको मन भरिएन जसका कारण उनले सुनको ट्वाइलेट बनाएर आफ्नी छोरीलाई दाइजो स्वरुप दिए । उक्त ट्वाइलेटमा प्रयोग हुने सबै सामानहरु सुनबाट बनाइएको थियो भने ट्वाइलेटको बाहिर पट्टि लेखिएको थियो ‘गोल्डन ट्वाइलेट’ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्...