देउसी खेल्न गएका युवकको शव बोरामा भेटियो



गोरखाको

नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ।

 भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका गोरखा नगरपालिका–२ का १८ वर्षीय वीरबहादुर रम्तेलको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालायले जनाएको छ। रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको चोट छ।

 “बेहोस अवस्थामा प्रहरीले रम्तेललाई बिहान सवा ६ बजे फेला पारेको हो”–प्रहरी नायब उपरीक्षक रमेश थापाले भने,“एम्बुलेन्समा राखेर उपचारका लागि गोरखा जिल्ला अस्पतालमा लगेका हौँ।”

उपचारका क्रममा रम्तेलको मृत्यु भएको गोरखा जिल्ल्ाा अस्पतालले जनाएको छ। शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। रम्तेल सदरमुकाममा पेन्टिङ काम गर्थे।






प्रतिक्रिया दिनुहोस्...