News
»
युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु
युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु
अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित सीएनआइए कम्पनीमा कार्यरत एक मजदुरको बुधवार मृत्यु भएको छ ।बुधवार बिहान आफ्नो डिउटी जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको हो ।

अन्दाजी ४२ बर्षीय मृतक खड्का बिगत ६ बर्षदेखि सो कम्पनीमा कार्यरत थिए ।बिहान ६ बजेबाट ग्यास र पेट्रोल उत्पादन खानीहरुमा चेकजाचको लागि उनी गाडीमा डिउटी गएका थिए । मृतक खड्का गाडीको अगाडी दाहिनेपट्टि बसेका थिए भने अरबीले गाडी चलाएका थिए । मृतकका साथी लोकेन्द्र शाहीका अनुसार गाडी चालक अरबी नागरिकको ढाड भाचिएको छ । तीब्र गतिमा रहेको उक्त गाडीले अगाडी गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशाबाट आएको लहरीमा ठोक्किन पुगेको थियो । खड्काको घटनास्थलमा नै मृत्यु भएको हो । अहिले मृतकको शबलाई युएईस्थित मदिना जाएद अस्पतालमा राखिएको छ । चाडै शब नेपाल लैजाने प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने तथा मृतकको परिवारले पाउने क्षतिपूर्र्तिमा सहजताका दिलाउने आश्वासन कम्पनीबाट पाएको उक्त कम्पनीमा कार्यरत नेपालीहरुका कमान्डर सचिन शाही बताए ।सो कम्पनीमा झण्डै आठ सय जना नेपाली कार्यरत छन् । मृतकको श्रीमती दुई छोरी र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्...